चलचित्र ‘एक्स नाइन’मा अनमोल अनुबन्धित

काठमाडौँ । नायक अनमोल केसी चलचित्र ‘एक्स नाइन’मा अनुबन्धित भएका छन् । शनिबार काठमाडौँमा अनमोल र चलचित्र निर्माण पक्षबीच औपचारिक सम्झौता भएको हो । चलचित्रको निर्माण कम्पनी गोल्डेन हिल्स पिक्चर्स र अनमोलले सम्झौता गरेका हुन् ।

चलचित्रको छायाङ्कन २०२२ को सुरुवातबाट क्यानडा, युरोप र नेपालमा हुनेछ । चलचित्र मुकुन्द भट्टले निर्देशन गर्दैछन् । चलचित्रमा किङ योगी र मुकुन्दको पटकथा छ भने निर्माता राजीव तामाङ, विरेन कुँवर, सोनु खत्री, सुबोध भट्ट रहेका छन् ।

दिनेश भट्ट चलचित्रका कार्यकारी निर्माता हुन् । यो चलचित्रपछि अनमोल चलचित्र ‘पारस’मा व्यस्त हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *