भारतले जितेको यो ऐतिहासिक ओलम्पिक स्वर्ण पदक

काठमाडौंभारतले १३ वर्षपछि ओलम्पिकमा स्वर्ण पदक जितेको छ । एथलेटिक्समा भने भारतले १२१ वर्षदेखिको पदक प्रतिक्षाको पनि अन्त्य गरेको छ । यसअघि १९०० को ओलम्पिकमा बृटिस इन्डियाको तर्फबाट भाग लिँदै नामर्न प्रिटचार्डले एथलेटिक्समा दुई पदक जितेका थिए । यद्धपि उनी भारतीय भने थिएनन् ।

भारतले शनिबार एथलेटिक्सअन्तर्गत ज्यावलिन थ्रोमा स्वर्ण जितेको हो । भारतका नीरज चोपडाले भारतलाई स्वर्ण पदक दिलाए । एथलेटिक्समा स्वर्ण जित्ने उनी पहिलो भारतीय समेत बने ।  उनले फाइनलमा ८७.५८ मिटरको थ्रो गर्दै स्वर्ण पक्का गरे । दोस्रो स्थानमा चेक रिपब्लिकका जाकुब वेदलेचले ८६.६७ मिटर ज्यावलिन फालेका थिए । चेककै वितेस्लाव वेसेली तेस्रो भए । उनले ८५.४४ मीटर थ्रो गरेका थिए ।

नीरज हरियाणाको पानीपत जिल्लाका बासिन्दा हुन् । उनले सुरुमा आफ्नो तौल घटाउन एथलेटीक्समा प्रतिस्पर्धा गरेका थिए । तर उनले उमेर समूह मात्रै राम्रो प्रदर्शन गरेपछि उनी निरन्तर भारतको प्रतिनिधित्व गर्न थालेका थिए । उनले २०१६ मा भारतीय आर्मीमा भर्ना भएका थिए ।

ओलम्पिकमा भारतले १३ वर्षपछि स्वर्ण जितेको हो । यसअघि २००८ को बेइजिङ ओलम्पिकमा सुटीङमा स्वर्ण जितेको थियो । भारतका लागि यो समग्रमा तेस्रो स्वर्ण पदक हो । यसअघि हक्कीमा तथा शुटीङमा समान १-१ स्वर्ण जितेको थियो । भारतको यो केवल दोस्रो व्यक्तिगत स्वर्ण पदक हो । अभिनव बिन्द्राले १० मिटर एयर राइफलमा भारतलाई स्वर्ण दिलाएका थिए ।

भारतका लागि यो सर्वाधिक सफल ओलम्पिकका रुपमा रहेको छ अहिले सम्म भारतले ७ पदक जितेको छ । यसअघि लन्डन ओलम्पिकमा ६ पदक जितेको थियो । नीरजले स्वर्ण जित्दा मीराबाइ चानले भारत्तोलन तथा कुस्तीमा दहियाले रजत  पदक जिते । त्यस्तै पीवी सिंधुले ब्याडमिन्टनमा काश्य जित्दा लवलिना बोरगोहेनाले बक्सीङमा काश्य जितेकी छिन् । त्यस्तै पुरूष हक्की टीमले काश्य पदक हात पारेको छ । त्यस्तै कुस्तीका बजरंगले शनिबार काश्य पदक हात पारे ।

नीरजले स्वर्ण जितेपछि भारतमा खुसीयाली छाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नीरजको खेल र स्वर्णलाई सधैंभरी सम्झिरहने बताएका छन् । ‘नीरजले जे हासिल गरे त्यो सदाका लागि सम्झिरहनेछौँ । उनले असाधारण प्रदर्शन गरे । उनले धेरै जोशसँग खेले र स्वर्ण हात पारे । नीरजलाई धेरै बधाई,’ प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जालहरुमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *