टोक्यो ओलम्पिक : भारतले जित्यो पहिलो स्वर्ण

काठमाडौं । नीरज चोपराले भारतलाई ‌ओलम्पिकमा ऐतिहासिक स्वर्ण पदक दिलाएका छन् । जापानको राजधानी टोक्योमा चलिरहेको प्रतियोगिताको ज्याब्लिन थ्रोमा चोपराले शनिबार भारतलाई स्वर्ण पदक दिलाएका हुन् ।
उनले ८७.५८ मिटर थ्रो गर्दै भारतलाई स्वर्ण दिलाए ।
उनले दिलाएको पदकसँगै टोक्यो ‌ओलम्पिकमा भारतको पदक संख्या ७ पुगेको छ । यो भारतले जितेको अहिलेसम्मकै धेरै पदक हो । यसअघि भारतले २०१२ को लन्डन ओलम्पिकमा ६ पदक जितेको थियो ।

नीरज भारतलाई व्यक्तिगत स्पर्धामा ओलम्पिक स्वर्ण पदक दिलाउने दोश्रो भारतीय खेलाडी पनि बनेका छन् । यसअघि सुटिङ्का अभिनब बिन्द्राले स्वर्ण पदक दिलाएका थिए । टोक्यो ओलम्पिकमा भारतले जितेको यो पहिलो स्वर्ण पदक हो ।

अहिलेसम्म भारतले एक स्वर्णसहित दुई रजत र चार कांस्य पदक जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *