‘फुर्बा-द नेचर गाइ’ को गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘फुर्बा-द नेचर गाइ’ डिजिटल प्लेटफर्ममा रिलिज हुने भएको छ । करिब दुई वर्षअघि नै बनेर तयार भएको चलचित्र यसअघि देश तथा विदेशका केही महोत्सवहरूमा प्रदर्शन भइसकेको छ । हलमा नै प्रदर्शन गर्ने तयारी भए पनि कोरोनाका कारण चलचित्र हल खुल्ने टुङ्गो नलागेसँगै निर्माण टिमले डिजिटल माध्यमबाट रिलिज तयारी गरेको हो ।

टिमले चलचित्रको गीत ‘जाँदैछु छाडेर ‘ सार्वजनिक गरेको छ । विक्रम राईको स्वर तथा सङ्गीत रहेको गीतमा जानु खाम्बांगको शब्द रहेको छ । गीत तथा ट्रेलरमा मोलिकता पाउन सकिन्छ ।

चलचित्रमा एक हिमाली युवा फुर्बाको कथा प्रस्तुत गरिएको छ । प्रकृतिको नजिक रहेर खिचिएको चलचित्रले नेपालीपन समेटिएको चलचित्रको प्रतिनिधित्व गर्छ ।

चलचित्रमा श्याम राई, सिर्जना सुब्बा, दिनेश गुरुङ, राम गुरुङ, टेक राज लांघाली लगायतको अभिनय रहेको छ । युगल पोमो लिम्बुको कथा तथा निर्देशन रहेको चलचित्रको स्क्रिन प्ले दीप्त प्रकाश अधिकारीले तयार गरेका हुन् । बुद्ध थापाले खिचेको चलचित्र अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । श्याम इंगनाम, रेजिन सन्बा र हिम सिंघाकले निर्माण गरेको चलचित्र सह निर्देशन टेक राजले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *