बालाजु औद्योगिक क्षेत्रस्थित बिस्कुट उद्योगमा भीषण आगलागी (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको उद्यागेमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान २ बजेदेखि लागेको आगो हेलिकप्टरबाट पानी हाल्नेदेखि दमकलको प्रयोगपछि नियन्त्रणमा आएको हो ।

यसैगरी नेपाली सेना, प्रहरी र स्थानीय पनि आगो नियन्त्रणमा खटेका थिए । अहिले आगलागी स्थलबाट धुँवा आउने क्रम रोकिएको छ । आगलागीबाट उद्योगको एउटा भवनमा पुरै क्षति पुगेको छ । आगो के कारणले लाग्यो कारण खुल्न सकेको छैन । आगलागीका कारण कति क्षति पुग्यो भन्ने विवरण पनि आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 8 =