नाजिर र मुकुन अभिनित ‘लभ सर्कल’को ट्रेलर सार्वजनिक

काठमाडौँ । कमेडी सस्पेन्स थ्रिलर चलचित्र ‘लभ सर्कल’ को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट ४७ सेकेन्डको ट्रेलरले चलचित्रको कथामा हुने उतारचढावलाई देखाएको छ ।

चलचित्रका मुख्य कलाकार नाजिर हुसेन, मुकुन भुसाल, रिस्ता बस्नेत, पवित्रा आचार्य, रवीन्द्र झा, सुमन कोइराला लगायतलाई ट्रेलरमा समेटिएको छ ।

चलचित्र ओमप्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन् । चलचित्रलाई डिजिटल प्लेटफर्म डिसहोममा साउन २९ गते रिलिज गर्ने निर्माण पक्षको तयारी छ । चलचित्र वसन्त निरौलाले निर्देशन गरेका हुन् ।

अङ्कित बाबु अधिकारीको सङ्गीत, श्रीधर अभिमन्यु निरवीको लेखन रहेको यो चलचित्रमा दिव्य सुवेदीको छायाङ्कन र पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *