घुस नखाएका ३६ जना ट्राफिक प्रहरी सम्मानित
२०७८ साउन २२ गते

काठमाडौँ । ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी इमानदारीपूर्वक ड्युटी गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई ट्राफिक महाशाखाले पुरस्कृत तथा सम्मान गरेको छ ।
सम्मानित हुनेहरूमध्ये ९ जनालाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्नेगरी रेकर्डमा जनाइने पुरस्कार दिइएको थियो भने अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको थियो । फलस्वरुप घुस दिन खोज्ने ४९ जना चालकहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने ३६ जनालाई पुरस्कृत एवं सम्मान गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
ट्राफिक प्रहरीले नियम उल्लंघनकर्ताबाट पैसा लिन्छ भन्ने आरोपलाई चिर्दै, आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउँदै आएको एसएसपी भट्टराईको भनाइ छ ।
२०७८ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित








