एकैदिन चार हजार नाघे संक्रमित‚ १५३५ कोरोनामुक्त

काठमाडौं । पछिल्लो २४ घण्टायता नेपालमा ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि : काठमाडौँ उपत्यकामा कोभिड संक्रमित बढ्नाले अस्पतालका शय्या भरिँदै

त्यस्तै सोही अवधिमा एक हजार ५३५ जना संक्रमित कोरोनामुक्त भएका छन् भने ३५ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३७५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *