काठमाडौँ उपत्यकामा कोभिड संक्रमित बढ्नाले अस्पतालका शय्या भरिँदै

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या फेरि बढेको छ । दोस्रो भेरियन्ट केही मत्थर हुँदै गएका बेला फेरि संक्रमितको संख्या बढ्न थालेको अस्पतालहरूले जनाएका छन् ।

अहिले अस्पतालमा कोरोना बिरामीको संख्या पनि ह्वात्तै बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो ५ दिनमा बिरामीको संख्या बढेर सबै शय्या भरिएका छन् । आइसीयू र भेन्टिलेटरसमेत पूरै भरिएको अस्पतालले जानकारी दिएको छ । कोभिड बिरामीको चापसँगै शय्याको अभावले अस्पतालको पार्किङमा उपचार गर्न सुरु गरिएको अस्पतालका एक चिकित्सकले जानकारी दिए ।

यस्तै पाटन अस्पतालमा पनि पछिल्लो २ हप्तामा कोभिड-१९ का नयाँ बिरामीको संख्या अस्वभाविक किसिमले बढेको अस्पतालका निर्देशक रवी शाक्यले मकालुखबरलाई जानकारी दिए । पहिलेको तुलनामा कोभिडका नयाँ बिरामीको संख्या ३० प्रतिशतसम्म वृद्धि भएको शाक्यले बताए । पाटन अस्पतालमा कोभिड बिरामीका लागि छुट्याइएको ३०० शय्या, आइसीयू, भेन्टिलेटरसमेत भरिएर नयाँ बिरामी भर्ना गर्न गाह्रो भएको शाक्यले बताए ।

नेपाल एपीएफ अस्पताल बलम्बुमा कोभिड संक्रमितका कारण लगाइएको दोस्रोपटकको निषेधाज्ञापछि २०० सय शय्यामध्ये ४० वटा शय्यामा मात्र बिरामी रहेकोमा पछिल्लो हप्ता लगातार बिरामी बढेर अस्पताल भरिएको छ । अझै बिरामी संख्या बढ्ने देखिएकाले अस्पतालमा शय्या अभाव हुने स्थिति आइसकेको अस्पतालका सूचना अधिकारी प्रवीण नेपालले जानकारी दिए । अस्पतालमा अरू रोगका बिरामीको समेत चाप बढेको नेपालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *