स्वास्थ्य मन्त्रालय र बीपी प्रतिष्ठान शुद्धीकरण अभियानबीच ६ बुँदे सहमति

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान शुद्धीकरण अभियान २०७८, संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । यो सहमतिसँगै आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

बुधबार मन्त्रालयका प्रतिनिधि र अभियानका प्रतिनिधिबीच सहमति भएको हो । सरकारी टोलीतर्फबाट डा. कृष्णप्रसाद पौडेलसहित सदस्यहरु मान बहादुर बस्नेत र देवराज भण्डारीले हस्ताक्षर गरेका छन् । यस्तै संघर्ष समितितर्फबाट संयोजक डा. एसपी रिमाल, सहसंयोजक डा. विष्णु पोखरेल र १२ जना सदस्यले हस्ताक्षर गरेका छन् ।

सहमतिमा अभियानले माग गरेबमोजिम प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरीसहित ४ जना पदाधिकारीलाई हटाउन आजैबाट प्रक्रिया सुरु गरिने उल्लेख छ । सहमतिपत्रको दोस्रो बुँदामा भनिएको छ, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ घ मा व्यवस्था भएअनुरुप चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्ने ।’

यस्तो छ सहमति :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *