नेपाल पक्षीय केन्द्रीय सदस्यहरूको बैठक सर्‍यो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बोलाएको आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक भोलिका लागि सारिएको छ । आज बिहान ११ बजेलाई निर्धारित बैठक भोलि (बिहीबार)लाई सारिएको हो ।

अब भोलि बस्ने बैठकले बस्ने बैठकले पार्टी एकता र सरकारबारे धारणा तय गर्नेछ । पछिल्लो समय स्थायी कमिटीका अधिकांश सदस्य पार्टी एकताको पक्षमा छन् । कार्यदलमा रहेका नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले समेत जुनकुनै हालतमा एमालेमै रहनुपर्ने भनेका बेला नेता नेपालले केन्द्रीय सदस्यसँग छलफल गर्न चाहेको बताएका थिए ।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न बनेको १० सदस्यीय कार्यदलले अध्यक्ष ओली र नेपालबीच मंगलबार छलफल गराउने प्रयास गरेका थिए । तर, नेता नेपालले भने आज केन्द्रीय कमिटीको बैठक राखेर केही निर्णय गराउने प्रयास थालेको नेताहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *