देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । अहिले देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको हो ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी, लुम्विनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *