४५ वर्ष लागे सुनिल ग्रोवर उर्फ डाक्टर गुलाटी

एजेन्सी । गुत्थी, रिंकु भाभी र डाक्टर गुलाटीको नामले परिचित हास्य कलाकार सुनिल ग्रोवरको पहिचान यी चरित्रहरू नै हुन् । ‘कमेडी नाइट्स विथ कपिल’ र ‘द कपिल शर्मा शो’को यो चरित्रले उनलाई दर्शक माझ लोकप्रिय बनायो ।

अब भने कमेडी बाहेक सुनिल केही फरक पात्रहरूमा आफ्नो अभिनय क्षमता देखाउने कोसिस गरिरहेछन् । आज ३ अगस्ट मा आफ्नो ४४ औँ जन्मदिन मनाइरहेका उनको विषयमा हामी केही कुराकानी गर्दै छौ ।

सुनिलको जन्म ३ अगस्त १९७७ मा हरियाणामा भएको थियो । उनले आर्य विद्या मन्दिर डबवालीबाट आफ्नो स्कूले शिक्षा पुरा गरे भने गुरु नानक कलेजबाट अगाडीको पढाइलाई निरन्तरता दिए । सुनिल ग्रोवरका पिता जेएन ग्रोवर जयपुरमा एक ब्याङ्कका म्यानेजर थिए । अहिले भने उनी सेवा निवृत्त भएका छन् ।

पन्जाब विश्वविद्यालयको थिएटर विभागबाट पीजी गरेपछि सुनिल मुम्बई आएर अभिनयमा सङ्घर्ष गर्न थाले । टिभीमा आउनुभन्दा पहिला सुनिल रेडियो मिर्चीमा काम गर्थे । उनले रेडियो मिर्चीमार्फत आफ्नो लोकप्रिय शृङ्खला ‘हंसी के फब्बारे’ सञ्चालन गर्थे जसमा उनको चरित्रको नाम सुदर्शन थियो । सुदर्शन हास्यास्पद तरिकामा चुट्किला प्रस्तुत गर्ने पात्रको रूपमा परिचित थिए ।

सुनिलले चलचित्र ‘प्यार तो होना ही था’बाट चलचित्रमा अभिनय गर्न सुरु गरे । उनी प्रसिद्ध हास्य कलाकार जसपाल भट्टीबाट प्रभावित भएर उक्त भूमिका निभाएका थिए । त्यसपछि सुनिललाई धेरै कार्यक्रमहरूबाट प्रस्ताव आउन थाल्यो । सुनिलको सबैभन्दा चर्चित चरित्र ‘गुत्थी’ बन्नुको पछाडि रोचक कहानी छ । सुनिल आफ्नो कलेजका एक सहपाठीबाट प्रभावित थिए । आफ्नो सहपाठीबाट प्रेरित सुनिलले ‘गुत्थी’को चरित्र निभाए जुन चरित्रले उनलाई सफलताको स्वाद चखायो ।

सुनिलका अनुसार, उनी कहीँ पनि प्रस्तुति दिनु अघि पत्नी आरतीलाई आफ्नो सामाग्री सुनाउँछन् । यदि उनी हाँसिन् भने सोही चुट्किला र किस्सा उनले आफ्नो प्रस्तुतिमा प्रस्तुत गर्छन् । यदि उनी हाँसिनन् भने बुझ्छन् कि त्यो विषयले दर्शकहरूको मन जित्न सक्दैन । सुनिलकी श्रीमती आरती पेसाले एक इन्टेरियर डिजाइनर हुन् र यी दुईका एक छोरा छन् ।

  • जन्मोत्सवको शुभकामना सुनिल
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *