मेचु आइन् ‘रमाई रमाई’ (भिडिओसहित)

काठमाडौं । गायिका मेचु धिमाल अर्को कोशेलीसहित नेपाली साङ्गीतिक बजारमा उक्लिएकी छिन् । नेपाली गीत/सङ्गीत उद्योगमा एकपछि अर्को गीति कोशेली थप्दै आएकी मेचु यसपटक ‘रमाई रमाई’ गीत तथा भिडिओका साथमा साङ्गीतिक बजार उक्लिएकी हुन् । आफैंले लेखेर आफैंले गाएको गीतमा सङ्गीत पनि मेचु आफैंले भरेकी छन् भने विक्की परियारले स्वरमा साथ दिएका छन् ।

गीतले समग्रमा जिन्दगीको जटिलतापछिको खुसीबारे बोल्न खोजेको छ । त्यसो त गीतले किशोरवयमा महिला र पुरूष स्वरूपबीच हुने आकर्षणबारे बोल्ने नै भयो । गीतले श्रोतालाई जिन्दगीमा आउने चुनौतीहरुलाई ‘आँधी’ को संज्ञा दिँदै त्यसबाट नहडबडाउन सन्देश दिएको छ । अन्ततः परिणामको रुपमा सुखद् अन्त्य हुने दृष्टान्त गीतको छ ।

यही गीतभित्रको कथालाई भिडिओमा देखाइएको छ । भिडिओमा पनि स्वयम् मेचु—विक्की नै फिचर्ड छन् । ‘मेचु धिमाल’ यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत/भिडिओलाई श्रोता तथा दर्शकहरुले रुचाएका छन् । गीत तथा भिडिओलाई यथास्थितिसम्म ल्याउनका लागि विषम् आचार्य, मुस्कान मुकारुङ, अनिल कटवाल, समरा जोशी, लक्ष्मी स्याङ्तान, विक्रम लिम्बु, राजु दंगाललगायतको साथ मिलेको छ ।

‘दि भ्वाइस अफ नेपाल–२’ मा उत्कष्ट ८ सम्म पुग्न सफल मेचुले अन्य थुप्रै गीतहरु गाएकी छन् । उनको मैले के बिगारेँ, पानी कलल, फसायौनि मिठो बोलेर, हेर न हेर, दिन ढल्दै गयोलगायतका गीतहरु श्रोता/दर्शकहरुले प्रायः रुचाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *