एमाले केन्द्रीय विभागहरुमा नेपाल पक्षको स्थान सुरक्षित

९ विभाग गठन

काठमाडौं । एमालेले केन्द्रीय निकाय र विभागहरू गठन र सदस्यहरूको मनोनयन गरेको छ । सोमबार (आज) बसेको स्थायी कमिटी बैठकले विभिन्न विभागका प्रमुख र सदस्यहरूको नाम तय गरेको बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । ‘आजको बैठकले विभिन्न विभागहरुको गठन र सदस्यहरुको मनोनय गरेको छ,’ प्रवक्ता ज्ञवालीले भने, ‘केही खाली पनि राखिएका छन् । यो चाहिँ खासगरी पार्टी एकतालाई ध्यानमा राखेर गरिएको हो । असन्तुष्ट पक्षलाई पनि ध्यानमा राखिएको हो ।’

पार्टी एकताको प्रयास चलिरहेका बेला एमालेले अब पर्खेर बस्न नसक्ने भन्दै सांगठानिक संरचनाहरूलाई पूर्णता दिन लागेको हो । वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष फर्केर आएको खण्डमा सो समूहका नेताहरूलाई समेट्नका लागि पर्याप्त स्थान सुरक्षित गरिएको प्रवक्ता ज्ञवालीको भनाइ थियो । ‘विभागहरूमा अहिले सबै संख्यामा मनोनयन गरिएको छैन,’ प्रवक्ता ज्ञवालीले भने, ‘आगामी २४ गते बस्ने केन्द्रीय कमिटीले थप निर्णय गर्छ ।’

यसअघि एमालेले विभिन्न विभागहरुमा प्रमुख र उपप्रमुख चयन गरिसकेको छ । ती विभागमा केही सदस्य मनोनित भएका छन् भने नेपाल पक्ष फर्केर आउँदा समेट्नेगरी केही सदस्य खोली राखिएको हो ।

यस्तै बैठकले ९ वटा विभाग गठन गर्ने निर्णय पनि गरेको छ । एमालेले गठन गरेको विभागमा संगठन विभाग, संसदीय विभाग, आर्थिक विभाग, प्रचार विभाग, पर्यटन प्रबद्र्धन विभाग,स्कुल विभाग, विदेश विभागलगायतका रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *