यस वर्षको वासुदेव लुइँटेल पुरस्कार किरण केसीलाई

काठमाडौँ । ‘वासुदेव लुइँटेल पुरस्कार २०७७’ बाट हास्यव्यङ्ग्य कलाकार किरण केसी सम्मानित हुने भएका छन् । वासुदेव–विद्यादेव लुइँटेल गुठीको बैठकले केसीलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ, प्रतिकचिन्ह र कदर पत्रसहितको पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो ।

वासुदेव लुइँटेलको जन्मदिनको आसपासमा कार्यक्रम आयोजना गरी पुरस्कार अर्पण गरिनेछ । हास्यव्यङ्ग्य साहित्य, कला र अभिनयका फाँटमा कार्यरत सृजनशील प्रतिभाहरूमध्येबाट छनोट गरी पुरस्कार अर्पण गरिँदै आएको गुठीले जनाएको छ ।

लुइँटेलले ०२३ सालमा कौवा प्रकाशन खोलेर आफूसहित भैरव अर्याल, दाताराम शर्मा, घटोत्कच शर्मा, रामकुमार पाँडेलगायत लेखकका हास्यव्यङ्ग्यसम्बन्धी दर्जनौँ पुस्तक प्रकाशन गरेका थिए । उनैले ०५० सालमा वासुदेव विद्यादेव गुठी स्थापना गरि प्रत्येक वर्ष हाँस्यव्यङ्ग्य क्षेत्रमा योगदान गर्ने कलाकारलाई पुरस्कार प्रदान गर्ने सुरुवात गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *