अब ‘सम्झिनी पानी छम्किनी’ तीज भर्जनमा

काठमाडौँ । गायक सम्राट चौलागाइँको ‘सम्झिनी पानी छम्किनी’ बोलको गीतको ‘तीज भर्सन’ सार्वजनिक भएको छ । ‘यसपालिको तीजमा सम्झिनी पानी छम्किनी’ बोलको गीतमा मल्टिस्टारलाई एकसाथ पर्दामा उतारिएको छ ।

विक्रम स्वाँरले निर्देशन गरेको भिडिओमा भुवन केसी, दिपाश्री निरौला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्कासँगै गायक सम्राट आफै पनि फिचर्ड छन् । चार पुस्ताको जोडीलाई उतारेर तयार गरिएको गीतको भिडियोमा बाल कलाकारहरू जेभिन र जेभिस श्रेष्ठसँगै आस्युसी ढकाललाई पनि देख्न सकिन्छ ।

भिडिओमा छायाङ्कन नवराज उप्रेतीको छ भने सम्पादन वीर बहादुर थारुले गरेका छन् । गीतमा शब्द सङ्गीत पनि गायक चौलागाइँ कै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *