आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
२०७८ साउन १८ गते

फाइल फाेटाे
काठमाडौँ । अहिले अधिकांश क्षेत्रमा बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको हो ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेकाको क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
२०७८ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित








