कामु प्रधान सेनापतिमा शर्मा नियुक्त

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका बलाध्यक्ष रथी प्रभुराम शर्मालाई कामु प्रधान सेनापतिमा नियुक्त गरेकी छन् ।

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले हाल ज्येष्ठता क्रममा रहेका व्य. नं. १३५३ बलाधिकृत रथी श्री प्रभुराम शर्मालाई सैनिक ऐन‚ २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८/४/१२ गतेको निर्णयबाट सिफारिस भएबमोजिम मिति २०७८/४/२६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति तोक्नुभएको छ‚’ आइतबार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

गतमंगलबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई कामु प्रधान सेनापतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि २४ गतेबाट सकिने र २५ गतेबाट घरबिदामा बस्न लागेकाले २६ गतेबाट लागू हुनेगरी शर्माले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

वरीयताका आधारमा शर्मा प्रधानसेनापति थापापछिका रथी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *