जहाँबाट आयो हेलम्बु र मेलम्चीमा बाढी (तस्बिरहरु)

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले फेरि भौतिक संरचनामा क्षति गरेको छ । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरामा क्षति पुर्याएको हो ।

बाढी अझै बढिरहेको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले गएराति नै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भन्दै सूचना गरेको थियो । हेलम्बुको भीमथाङमा पहिरो गएर मेलम्ची थुनिएपछि बाढी आएको अनुमान छ ।

यहिबीच हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आइतबार बिहान हेलिकोप्टरबाट गरेको निरीक्षण गरेका छन् । तर पहिरो कहिले गएको र कति समयसम्म मेलम्ची थुनियो भन्ने एकिन छैन । यसअघि पनि हेलम्बु र मेलम्चीमा भीमाथाङमा पहिरो गएर थुनिएपछि बाढी आएको भनिएको थियो ।

सबै फोटो : हेलम्बु गाउँपालिकाका अध्यक्ष ग्याल्जेनको फेसबुकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *