चलचित्र प्रेमनाथको गीत ‘पञ्चेबाजा घन्काउँदै’ सार्वजनिक

काठमाडौँ । चलचित्र प्रेमनाथको गीत ‘पन्चे बाजा घन्काउँदै’ सार्वजनिक भएको छ । गणेश बेलबासेको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठले सङ्गीत गरेका छन् । गीतमा राजेश पायल राई र सुरुचि पन्थीको स्वर तथा मनोहर सुनामको सङ्गीत संयोजन रहेको छ । चलचित्र डिजिटल माध्यमबाट भदौ १४गते रिलिज हुने छ ।

गणेश बेलबासे चलचित्रमा सुरवीर पण्डित, गजित विष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेलबासे, मियुम जिरेल, शेखर जङ्ग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राईलगायतको अभिनय रहेको छ । गणेश बेलबासे निर्देशित चलचित्रबाट कृति गौतम र मोनालिसा विष्टले अभिनयमा डेब्यु गरेका छन् ।

काठमाडौँ, लुम्बिनी, रोल्पा, लखनउ, दाङलगायतका स्थानमा छायाङ्कन भएको चलचित्रका निर्माता गुह्येश्वरी बेलबासे हुन् । कपिलप्रसाद देव कार्यकारी निर्माता रहेको चलचित्रमा सहनिर्माताको रूपमा वसन्तराज भट्ट र मिलन राई समेत रहेका छन् । ‘प्रेमनाथ’का द्वन्द्व निर्देशक भरत क्षेत्री हुन् । चलचित्रको सङ्गीतकारमा सन्तोष श्रेष्ठ, भूपू पाण्डे र एसडी योगी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *