प्रियङ्का भन्छिन्- छोरीमैयाको केस बन्द भएको छैन (भिडिओ)

काठमाडौँ । छोरीमैया महर्जन बेपत्ता भएकोविषयमा  नायिका प्रियङ्का कार्कीले मुख खोलेकी छन् । प्रियङ्काकै परिवारकी निक्की (सुरक्षा) सिंहको संलग्नता रहेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान पनि गरेको थियो । उनले अध्ययन गरेर ८ वर्षको अन्तरमा कुनै पनि नयाँ तथ्य सञ्चारमाध्यममा नआएको र त्यही पुरानो विषयलाई लिएर अहिले भिडिओ निर्माण गरिएको बताएकी छन् । तर दुवै पक्षको विचार समावेश नगरिएको उनले पटक पटक दोहोर्‍याएकी छन् ।

छोरीमैया अन्तिम पटक निक्की सिंहको घर जान्छु भनेर घरबाट निस्किएको र फेरि घर नफर्किएको उनकी छोरीहरुले बताउँदै आएका छन् । प्रियङ्काले उक्त दिन छोरीमैया निक्कीको घरमा गएको नगएको कहीँ पनि पुष्टि नभएको र उनीहरुको छोरीमार्फत कुराकानी भएको पाइएको बताएकी छन् ।

त्यस्तै मनकामनामा छु भनेर छोरीमैयाको मोबाइलबाट म्यासेज आएकोमा उक्त समय म्यासेजको आधारमा लोकेसन ट्रेस गर्ने प्रविधि नभएको उनले बताएकी थिइन् ।

लेनदेनको विषयमा पनि कतै ५ लाख कतै ५० लाख र कतै २० लाख उल्लेख गरिएको छ । त्यसबेला लिइएको एक अन्तर्वार्तामा निक्कीले २० लाख नभएर ५ लाख मात्र लिएको बताएको तथा छोरीमैयाका भाइ रामेश्वर महर्जनकाअनुसार उक्त रकम फिर्ता पाई सकेको बताएका तर फेरि अर्को कागजमा भने उनले ५० लाख भन्दा बढी रकमको लेनदेन भएको उल्लेख गरेका उनको दाबी छ ।

यही विषयमा १०/२० हजार गर्दै ऋण बढेको तर ५० लाख पुगे नपुगेको बारे छोरीमैयाका श्रीमानले आफूलाई थाहा नभएको बताएका छन् ।  निक्कीले हरेक पटक बोलाउँदा अदालत र प्रहरीसमक्ष उपस्थित भएको, हालसम्मको फैसलामा उनी निर्दोष साबित भएको तथा देश छोडेर नगएको प्रियङ्काको जिकिर छ ।

एक पक्षीय विषय सुनेर निर्णयमा पुग्नु भन्दा दुवै पक्षको कुरा सुनेर निर्णय सम्म पुग्नु पर्ने प्रियङ्काको तर्क छ ।

सामाजिक सञ्जालमा यसरी विषय उठाइरहेको समयमा उनले न्याय पाउन भन्ने आफ्नो अपेक्षा रहेको प्रियङ्काले बताएकी छन् । यस विषयमा प्रियङ्काले आफू र आफ्नो पेटको बच्चालाई नमुछ्न आग्रह गरेकी छन् । आफू कुनै पनि रूपमा संलग्न नभएको विषयमा नाम जोडिनु राम्रो नभएको बताउँदै उनले पुनः छोरीमायाको परिवारले न्याय पा‌ओस् भन्ने कामना गरेकी छन् ।

प्रियङ्काका अनुसार यो केस बन्द भएको छैन । बरु जिल्ला अदालतबाट पुनरावेदन हुँदै सर्वोच्च अदालतमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *