सर्वोच्चले देशलाई सही दिशामा ल्यायो : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गलत दिशामा गइरहेको देशलाई सर्वोच्च अदालतले सही दिशामा ल्याएको बताएका छन् । शनिबार (आज) अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । निवर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलप्रति लक्षित गर्दै नेता नेपालले भने, ‘केही अलोकतान्त्रिक र अप्रजातान्त्रिक काम गर्नेहरुको कारणले देश गलत दिशामा गइरहेको थियो । तर, त्यसलाई सर्वोच्च अदालतले सही दिशामा ल्यायो । देश लामो समयदेखि गलत दिशामा गइरहेको थियो । सर्वोच्चलाई सम्मान व्यक्त गर्नुपर्दछ ।’

यस्तै नेता नेपालले विद्यार्थी नेताहरुलाई असल मान्छे बन्न आग्रह गरे । ‘असल मान्छे बन्नुस्,’ नेता नेपालले भने, ‘राम्रो मान्छे हुनको लागि कम्युनिष्ट हुनुपर्छ । वामपन्थी हुनुपर्छ ।’ यस्तै विगतमा कम्युनिष्टप्रति भ्रम फैलाइएको औंल्याउँदै नेता नेपालले अब त्यसलाई व्यवहारको माध्यमबाट चिर्नुपर्ने बताए ।

यस्तै नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली जनतालाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउन मागे गरे । प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार जनताले खोप पाउनुपर्ने भन्दै नेता नेपालले भने, ‘नेताहरुमा घोषणा गरेर काम नगर्ने बानी हुन्छ । शेरबहादुजीबाट यस्तो नहोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *