७५ लागिन् अभिनेत्री मुमताज

काठमाडौँ । आफ्नो अभिनयका कारण लाखौँ मानिसको मन जित्न सफल अभिनेत्री मुमताज आजबाट ७४ वर्ष पूरा भएकी छन् । ३१ जुलाई १९४७ मा जन्मेकी मुमताजले आफ्नो परिवारका लागि आर्थिक जोहो गर्न ११ वर्षको उमेरबाट नै अभिनय गर्न सुरु गरेकी थिइन् । सुरुमा जुनियर कलाकारको रूपमा काम थालेकी मुमताजले चलचित्र ‘फौलाद’ मा मूख्य कलाकारको रूपमा काम गर्ने अवसर प्राप्त गरिन् । दारा सिंहसँग धेरै हिट चलचित्र दिएपछि मुमताजले दर्शक माझ आफ्नो परिचय बनाइन् ।

जन्मदिनको अवसरमा उनीबारे केही  चर्चा गरौँ 

धेरै चर्चित चलचित्रमा अभिनय गरेपछि मुमताजले लाखौँ मानिसको मन जितिन् । यस्तै मध्ये  एक थिए अभिनेता शम्मी कपूर । मुमताज पनि शम्मीको मायामा परेको चर्चा चल्ने गरेको थियो। जब मुमताज १८वर्षकी थिइन्, उनलाई शम्मी कपूरले बिहेको प्रस्ताव राखे । तर यो प्रस्तावसँगै एउटा सर्त समेत जोडिएको थियो । सर्तकाअनुसार कपूर परिवारको परम्पराअनुसार मुमताजले बिहेअघि चलचित्र उद्योग छोड्नुपर्ने थियो । मुमताजले आफ्नो परिवारको जिम्मेवारीका कारण यो सर्त अस्वीकार गरिन् र प्रेम कहानी यतिमै टुङ्गियो ।

विवाहअघि मुमताजको नाम सञ्जय खान, फिरोज खान र देव आनन्द जस्ता स्टारहरूसँग जोडिएको थियो ।

मुमताजले आफ्नो करियरको खास सुरुवात दारा सिंह अभिनीत चलचित्रबाट गरेकी थिइन् । यद्यपि उनले राजेश खन्नाको अपोजिटमा चलचित्र ‘दो रास्ते’ बाट ठूलो बजेटको चलचित्रमा ब्रेक पाइन् । मुमताजले राजेशको साथमा धेरै चलचित्रमा अभिनय गरेकी छन्, जसमध्ये ८ चलचित्र सुपरहिट भए । चलचित्रको साथसाथै यी दुईका गीतहरू चर्चित बन्न थाले । यी दुईसँगै आएपछि चलचित्र हिट बन्छन् भन्ने ट्रेन्ड नै बसेको थियो । चलचित्रसँगै उनीहरूको प्रेम सम्बन्धका खबरहरू पनि चर्चामा आउन थाले । तर उनीहरूले यो सम्बन्धलाई स्वीकार गरेनन् ।

भनिन्छ, राजेश खन्ना र डिम्पल कपाडियाको प्रेमपछि मुमताजले व्यापारी मयूर वाधवानीसँग बिहे गरिन् । यो निर्णयले राजेश खन्ना उनीसँग धेरै रिसाए । तर, यो असन्तुष्टिको कारण दुईको प्रेमको कारण भने थिएन, मुमताजको फिल्मी करियरको चिन्ताका कारण उनी रिसाएका थिए । राजेशले विवाहपछि उनको करियर बर्बाद हुनेछ भनेका थिए र पछि ठिक त्यस्तै भयो पनि । विवाह पछि, मुमताजका चलचित्रहरू फ्लप हुन थाले र उनी चलचित्र उद्योग छोडेर परिवारसँग बिदेश गइन् ।

मुमताजको छोटो तर हिट करियरमा मेला, अपराध, नागिन, ब्रह्मचारी, राम और श्याम, दो रास्ते र खेलौना जस्ता चलचित्रमा अभिनय गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *