प्रकाश र मोनिका फिचर्ड ‘नयाँ जीवन’ सार्वजनिक

काठमाडौँ । रामकृष्ण ढकाल र बेनिशा पौडेलको स्वरमा गीत ‘नयाँ जीवन’ सार्वजनिक भएको छ । भिडिओलाई निर्देशक विक्रम स्वाँरले फिल्मी शैलीमा प्रस्तुत गरेका छन् ।

दुर्घटनामा एउटा खुट्टा गुमाउन बाध्य प्रकाश सपुत र मोनिका बुढाथोकीबिचको दुःखद कहानीलाई स्वाँरले मार्मिक रूपमा पर्दामा उतारेका छन् । भिडिओमा कालु राणालाई नेगेटिभ क्यारेक्टरमा प्रस्तुत गरिएको छ ।

चक्र पुलामी र नेशनल तिखत्रीको कोरियोग्राफी रहेको भिडिओलाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेका हुन् । छायाङ्कन नवराज उप्रेतीले गरेका छन् । रेनिश फागोले कलरको काम गरेका छन् । अडियो तर्फ सङ्गीत दीपक शर्माको छ भने शब्द निशा अर्यालले लेखेकी छिन् । सङ्गीत संयोजन पुरुषोत्तम सुवेदीको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *