चीनमा आलोचक अर्बपतिलाई १८ वर्ष जेलसजाय

काठमाडा‌ैँ । केही समय आगाडि विश्वको प्रसिद्ध अनलाइन सपिङ सेन्टर अलिबाबाका खर्बपति मालिम ज्याक मालाई चीनले कारबाही गरेको गाइगुइ आयो । चीन सरकारले भनेको नमान्दा ज्याक मालाई कारबाही भएको हल्ला चल्यो । ज्याक मा निकै हप्ता हराएपछि यस्तो अनुमान पश्चिमा मिडियामा आएको थियो । तर, ज्याक मा पछि सार्वजनिक भएपछि त्यसको चर्चा त्यसै सेलायो ।

अहिले भने अनुमान हैन साँच्चिकै चिनियाँ खर्बपतिलाई कारबाही गरेको समाचार आएको छ । चीनको उत्तरी प्रान्त हेबेइका प्रसिद्ध कृषि उद्यमी सन दावूलाई चीनमा १८ वर्ष जेल सजाय सुनाइएको छ । ६७ वर्षे सनलाई खेतबारी गैरकानुनी रुपमा कब्जा गरेको, सरकारी निकायमा हमला गर्न भीड भेला पारेको र सरकारी कर्मचारीहरुलाई आफ्नो कर्तव्य पालनामा अवरोध गरेको भन्दै ४ लाख ७८ हजार अमेरिकी डलर आर्थिक जरिवाना समेत गरिएको बिबिसीले उल्लेख गरेको छ ।

सरकारी कृषी फारमको जग्गाको बिषयमा विवाद भएपछि गतबर्ष सनलाई उनका २० आफन्त र सहयोगीसहित पक्राउ गरेको बिबिसीले जनाएको छ । सन २०१९ मा भएको अफ्रिकल स्वाइन फ्लूले धेरै क्षति गर्नुमा सरकारकै दोष भएको सनले बताउदै आएका थिए । यस्तै उनी चीन सरकार विरोधी चिनियाँसँग धेरै उठबस गरेको आरोप समेत खेप्दै आएका छन् । यस्तै आरोपमा उनलाई सन २००३ मा पनि गैरकानुनी आर्थिक संकलन गरेको नाममा जेल हालिएको थियो । तर, अभियानकर्मीहरुको व्यापक विरोधपछि उनी रिहा भएको बिबिसी अनलाइनले लेखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *