निकेश निर्देशित ‘जित्दा जित्दै’ सार्वजनिक

काठमाडौँ । कति पटक प्रेम सम्बन्ध अनायासै टुट्छ । तर माया भने कम हुँदैन । साथ नभएर पनि एक अर्कालाई गर्ने माया भने रहिरहन्छ । यस्तै यस्तै भाव समेटेर गीत ‘जित्दा जित्दै’ को शब्द रोशन श्रेष्ठले लेखेका छन् । शब्दलाई तस्लिमुन केसीले आफ्नो स्वर मार्फत न्याय गरेकी छन् । दिनेश श्रेष्ठको सङ्गीत संयोजन रहेको गीतमा कल्याण सिंहले सङ्गीत गरेका हुन् ।

निकेश खड्काले निर्देशनमा केही फरकपन अपनाएका छन् । उनी निर्देशित यो भिडिओ हेर्दा हलिउडको कुनै गीत हेरेझैँ भान हुन्छ । शुभम् भुजेलले पुनम महर्जन र ध्रुव बुढाथोकी मार्फत आफ्नो नृत्यकलालाई अब्बल रूपमा प्रस्तुत गरेका छन् । ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको भिडिओलाई विकाश धमलाले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *