महिन्द्राको सर्भिस क्याम्प हुने

काठमाडौं । महिन्द्रा फोर ह्वीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता बालाजु अटोवर्क्स  प्रालिले साउन १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्ने भएको छ ।

महिन्द्राका सम्पूर्ण फोर व्हीलर गाडीहरुको ३०-पोइन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको सर्भिस क्याम्पमा ग्राहकले आकर्षक उपहार पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकहरुको सेवासुविधालाई मध्यनजर गदै यस सर्भिस क्याम्पमा गाडीको ३०-पोइन्ट चेकअपमार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिने जनाएको छ ।

साउन १४ र १५ गते महिन्द्रा मनसुन सर्भिस क्याम्प नेपालभरका सम्पूर्ण आधिकारिक वर्कशपमा एकैसाथ सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *