जापानी दाजु बहिनीलाई ओलम्पिक स्वर्ण

काठमाडौँ । विश्व खेलकुद महाकुम्भका रुपमा रहेको जापान ओलम्पिक अहिले जारी छ । हरेक दिन विभिन्न विधामा स्पर्धा भइरहँदा स्वर्णको छिनोफानो हुने क्रम पनि जारी छ ।

यहीबीच जापानमा जारी टोकियो ओलम्पिक २०२० मा आयोजक जापानका एकै परिवारका दाजु-बहिनीले जुडोमा स्वर्ण पदक जित्ने दुर्लभ कीर्तिमान आफ्नो नाममा पार्न सफल भए । एकै परिवारका दाजु-बहिनीले एकै ओलम्पिकमा स्वर्णपदक जितेको यो पहिलो इतिहास समेत हो । साथै एउटै परिवारका दुई सदस्यले एकैदिन एउटै खेलमा स्वर्णपदक जित्ने दुर्लभ कीर्तिमान समेत बनाउन सफल रहे ।

२१ वर्षीय आवे उता (बहिनी)ले ५२ केजी मुनिको तौल समूहमा स्वर्ण जित्दा २३ वर्षीय आवे हिफुमी (दाजु)ले ६६ केजीमुनिको तौल समूहमा स्वर्ण जित्न सफल भइन् । निप्पोन बुदोकानमा भएको स्पर्धामा युरोपियन च्याम्पियन फ्रान्सकी एमादिन बुचार्डलाई गोल्डेन स्कोर ४ मिनेट २७ सेकेन्डमा इपपोन अंकमा पराजित गर्दै स्वर्ण जित्न सफल भएकी थिइन् । हिफुमीले जर्जियाका भाझा मार्गभेलासभिलीलाई वाजा रीको आधारमा पराजित गर्दै स्वर्ण जिते ।

हिफुमी यो तौल समूहमा सन् २००८ को बेइजिङ ओलम्पिकपछि स्वर्ण जित्ने युवा खेलाडीका रुपमा रहिन् । हिफुमीले सन् २०१७ पछि स्वर्ण जितेका हुन् । जितपछि उनले भनिनन् ‘मलाई लाग्छ हामीले इतिहासमा नाम लेखाएका छौं । हामी इतिहास परिवर्तन गर्न सफल भएकामा गौरव महसुस गरिरहेका छौँ ।’ दुबैले कडा मिहिनेतको नतिजाले दिलाउने खुसि अद्धितिय रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *