मोरङमा डुबेर दुई जनाको मृत्यु

विराटनगर । मोरङमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका १४ जतुवामा १८ महिने बालकको नहरमा डुबेर मृत्यु भएको हो ।

फुलियादेवी महतोको छोरा १८ महिनाको राजकुमार महतो नहरको छेउमा खेल्ने क्रममा नहरमा लड्दा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीलले जनाएको छ ।

यस्तै पौडी खेल्ने क्रममा लेटाङमा अर्का एक किशोरको पनि मृत्यु भएको छ । लेटाङ नगरपालिका ५ बस्ने शरन कुमार राईको छोरा १५ वर्षीय समृद्ध राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

मोरङ्गे खोलामा पौडी खेल्ने क्रममा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *