बल्छी धुर्बेले गाए तीज गीत

काठमाडौँ । चर्चित हास्य कलाकार मरीचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले अभिनयसँगै गायनमा हात हालेका छन् । उनको स्वरमा रहेको तिज गीत ‘पारि बन हरियो’ सार्वजनिक भएको छ ।

गीतमा श्रेष्ठसँगै सपना पौडेलको स्वर रहेको छ । सपनाकै लय, शब्द र सङ्गीत रहेको गीतमा सुदिप सागरको सङ्गीत संयोजन रहेको छ ।

भिडिओमा श्रेष्ठ सँगै राजु पौडेल, अनिता बस्नेत, दीपेन्द्र तिमल्सिना र सविना आचार्यको अभिनय छ । सौरभ लामाको छायाङ्कन, मनोज कार्कीको सम्पादन रहेको भिडिओ दीपेन्द्र तिमल्सिनाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *