आज कहाँ-कहाँ छ बाढीको जोखिम ?

काठमाडौं । नेपालमा फेरि मनसुन सक्रिय बन्दै गएको छ । मनसुन सक्रिय बनेसँगै अबको चार दिन देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षा जारी रहेकाले ठूला/साना नदी तथा खोलाहरुमा बाढीको जोखिम पनि बढेको छ । कर्णाली र यसका सहायक नदीहरुमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । साथै कोशी, नारायणी, महाकाली र यिनका सहायक नदीहरूमा पनि बहाव बढ्ने छ ।

विशेष गरी सुनकोशी, तामाकोशी, दूधकोशी, अरुण, तमोर, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी कालीगण्डकीमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ । कन्काई र यसका सहायक नदीहरूमा पनि बहाव बढ्नेछ । कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

संखुवासभा, भोजपुर, धनकुटा, इलाम, पाँचथर, मकवानपुर, धादिङ, नुवाकोट, मनाङ, कपिलवस्तु, रुकुम पश्चिम, जाजरकोट, कैलाली र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *