मनसुन फेरि सक्रिय, यी भू-भागमा भारी वर्षाको सम्भावना

काठमाडौँ । अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन फेरि सक्रिय भई देशभर वर्षा भएको हो ।

मनसुन न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक विस्तारै आउने क्रम सुरु भएकाले मनसुन सक्रिय भई बदली भएको हो । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै राती देशभर सामान्य मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ का १२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *