नेपालसँग साफ आयोजनाको विस्तृत प्रस्ताव माग

काठमाडौं । १३औं संस्करणको साफ आयोजनाका लागि नेपालले अवसर प्राप्त गरेको छ । दक्षिण एसियाको सर्वोच्च फुटबल प्रतियोगिता साफ अक्टोबरमा आयोजना हुने कार्यतालिका रहेको भएपनि आयोजकको टुंगो लाग्न नसक्दा नेपालले आयोजनाका लागि आधिकारिक प्रस्ताव पाएको हो ।

साफको बैठकमा बंगलादेशले आयोजना गर्न नसक्ने औपचारिक जानकारी दिएको थियो । आयोजनाका लागि शुक्रबार भएको बैठकमा नेपालसँगै माल्दिभ्स र भारतले दाबी प्रस्तुत गरेका थिए ।

आइतबार भने साफबाट नेपालले आयोजना गर्न औपचारिक प्रस्ताव पाएको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरले अब नेपालले साफ आयोजनाका लागि औपचारिक प्रस्ताव गर्ने बताए । उनले भने‚ ‘हामीले साफ आयोजना गर्न सक्छौं भनेर औपचारिक रुपमा जानकारी यसअघि पनि गराइरहेका थियौं । अहिले साफले विस्तृत विवरणसहित प्रस्ताव गर्न भनेको छ । सोहिअनुसारको विवरण प्रस्ताव गरेर थप प्रक्रिया अघि बढाउँछौं ।’

नेपालले विस्तृत विवरण पठाएपछि साफले नै प्रतियोगिता आयोजना हुने स्थानको टुंगो गर्नेछ । महासचिव तुलाधरले नेपाल सरकारले पनि साफका लागि पर्याप्त सहयोग गर्ने प्रतिबद्धता जनाएकाले र नेपाल सक्षम भएकाले नेपाल बलियो दाबेदार भएको बताए ।

यो पटक प्रतियोगितामा भने ५ टोलीको मात्र सहभागिता रहने सम्भावना छ । पाकिस्तान फिफाको प्रतिबन्धमा रहेका कारण सहभागिता जनाउने छैन भने भुटानले कोरोना संक्रमणका कारण देशबाहिर जान प्रतिबन्ध गरेको छ । आयोजना दाबी गरेका नेपाल, माल्दिभ्स र भारतसँगै श्रीलंका र बंगलादेशले प्रतियोगितामा सहभागिता जनाउने संकभाबना बलियो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *