स्वास्थ्यराज्यमन्त्री श्रेष्ठद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी मन्त्री श्रेष्ठले आइतबार (आज) साँझ पद तथा गोपनीयतको शपथ ग्रहण गरेका हुन् ।

संविधानअनुसार राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ ग्रहण गराउनुपर्ने भएपछि शपथ ग्रहण समारोह सिंहदरबारमा राखिएको थियो । समारोहमा देउवा मन्त्रिमण्डलका सदस्यहरू उपस्थित थिए ।

देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राख्दै राज्यमन्त्रीमा आफूनिकट श्रेष्ठलाई नियुक्त गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *