स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफैंसँग राखेका छनन् ।

मन्त्री श्रेष्ठले आजै साँझ ५ बजे शपथ ग्रहण गर्दैछन् । श्रेष्ठ निजी विद्यालय संचालक पनि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *