महन्थको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त विषयमा दुवै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ । तर, अन्तरिम आदेश भने दिएन ।

सर्वोच्चले १५ गतेका लागि निर्वाचन आयोगको निर्णयको सक्कल प्रतिसमेत झिकाएको छ । आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादमा साउन ११ गते सबै कार्यकारिणी समिति सदस्यलाई नागरिकताको सक्कल प्रतिसहित उपस्थित हुन भनेको थियो ।

तर, आयोगको उक्त निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दिएका थिए । यसको उपेन्द्र यादव पक्षले विरोध गर्दै आएको छ । आयोगमै छलफल भइरहेको विषयलाई सर्वोच्चमा पुर्याइनु नहुने तर्क यादव पक्षले गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *