लापरवाहीका कारण फेरि बढ्यो संक्रमण

खलंगा । जुम्लामा लापरवाहीका कारण कोभिड १९ संक्रमण बढिरहेको छ । स्वास्थ्य मापदण्डको पालना नगर्नु र कोभिडलाई खेलाँची ठान्नुले दैनिक दिन संक्रमण दर बढिरहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

शुक्रबार मात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ५८ जनाको आरटी पिसिआर परीक्षण गरिएकोमा ४० जनामा कोभिड संक्रमण पुष्टि भएको थियो । एकै पटक धेरै जनामा कोरोना संक्रमण देखिएकोले उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।

वैशाख पहिलो सातादेखि हाल सम्म जुम्लामा कोभिड-१९ संक्रमण पुष्टि हुनेको संख्या १ हजार १७६ पुगेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंका अनुसार साउन ८ गते सम्म संक्रमण मुक्त हुनेको संख्या ९ सय ५१ छ ।

अहिले पनि जुम्लामा २२५ जना सक्रिय संक्रमित छन । संक्रमणका कारण जिल्लाका ५ ज्येष्ठ नागरिकसहित ८ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । जिल्लाबाहिरका कर्णाली अस्पतालमा उपचार गराइरहेका ४ जनाको मृत्यु भएको छ । जुम्लामा अहिले निषेधाज्ञा खुकुलो पारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *