संविधानको सर्वोच्चतालाई कमजोर बनाउने कोसिस भयो भने युथफोर्सले ठिक पार्छ : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकमा संविधानको सर्वोच्चतालाइ कमजोर बनाउने कोसिसविरुद्ध युथफोर्सले लड्ने बताएका छन् । शनिबार (आज) युथफोर्स भ्याली कमाण्ड घोषणा सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । ‘मुलुकमा कानूनी शासन ढलाउने कोसिस भयो भने, संविधानको सर्वोच्चतालाई कमजोर बनाउने कोसिस भयो भने युथफोर्सले त्योविरुद्ध काम गर्नेछ,’ महासचिव पोखरेलले भनेका छन् ।

यस्तै महासचिव पोखरेलले युथफोर्स आफैं आतंक नभएको जिकिर गरेका छन् । ‘यो आफैंमा आतंक शक्ति होइन, तर कहीँकसैले आतंक उत्पन्न गर्न खोज्छ भने युथफोर्सले त्यस्ता हिंसाको पक्षपातीलाई ठिक पार्छ,’ महासचिव पोखरेलले भने— ‘आतंक, हत्या, हिंसा र संविधानविपरीत जानेहरुलाई यो युथर्फार्स शक्तिले ठिक पार्छ ।’

यसअघि विपक्षी एमालेले पिपुल्स भोलिन्टियर ब्युँताएको थियो । एमालेको आठौं महाधिवेशनबाट विघटन गरिएको पिपुल्स भोलिन्टियरको वरिष्ठ नेता माधवकुमार नेपालले घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *