पिपुल्स भोलिन्टियर ब्युँताउँदै नेपाल समूह

काठमडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहनिकट युवा संघले पिपुल्स भोलिन्टियर (पीभी) ब्युँताउने भएको छ । एमालेको आठौं महाधिवेशनबाट विघटन भएको पीभी पुनः ब्युँताउन लागिएको युवा संघका उपमहासचिव सञ्जीप राईले बताए । पीभीको घोषणा बिहीबार (भोलि) नेता नेपालकै सहभागितामा हुँदैछ ।

केपी शर्मा ओली समूहले युथ फोर्स बनाएपछि नेपाल समूहले पीभी ब्युँताउन लागेको एक केन्द्रीय सदस्यले मकालुखबरलाई जानकारी दिए । भने— ‘युथ फोर्स पनि बनिसकेपछि पीभी पनि आवश्यक रहेको नेताहरु बताउनुभयो । त्यसैले यसलार्य फेरि ब्युँताउन लागिएको हो । भोलि घोषणा हुँदैछ ।’

यसअघि नेपाल समूहकै अखिलले पनि तपेन्द्रजङ्ग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरेको थियो । एमालेभित्र विवाद बढ्दै गएका बेला दुवै समूहले युवा परिचालन हुने संगठन ब्युँताउने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *