टोकियो ओलम्पिक उद्घाटनः खालि स्टेडियममा मार्चपास, ३५० करोडले हेरे लाइभ

काठमाडौँ । कोरोना महामारीका कारण एक वर्ष ढिला सुरू भएको टोकियो ओलम्पिकको औपचारिक उद्घाटन गरिएको छ । शुक्रबार एक भव्य उद्घघाटनबिच सबै देशका खेलाडीले खालि स्टेडियमममा मार्चमापास गरे । मार्चपास ओलम्पिकको मुख्य आकर्षणका रुपमा रहने गरेको छ ।

यद्यपि यो पटक कोरोनाका कारण १ हजार खेलाडी तथा अधिकारीहरुले कार्यक्रममा उपस्थितिको अनुमति दिएको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अनुसार विश्वभरबाट ३५० करोड मानिसले टिभी, स्मार्टफोनलगायत इन्टरनेटको माध्यामबाट प्रत्यक्ष हेरेका थिए । खेलाडीको मार्चपास १९८६ मा भएको पहिलो समर ओलम्पिक खेलमा ग्रिसका खेलाडीबाट सुरु गरिएको थियो । यसपपछि रिफ्युजि खेलाडी को मार्चपास हुन थाल्यो । मार्चपासमा नेपालका तर्फबाट पौडी खेलाडी गौरिका सिंह र एलेक्स साहले झन्डा बोकेका थिए ।

यसपटक ओलम्पिकमा ३३ खेलमा ३३९ स्वर्णका लागि करीब ११,२३८ खेलाडी, दावेदारी पेश गर्दै छन् । उद्घाटन समारोहमा जापानका सम्राट नारुहितो सहभागि भएका थिए । त्यस्तै अमेरिकाकी राष्ट्रपति जो बाइडेनकी पत्नी तथा प्रथम महिला जिल बाइडेन पनि मैदान पुगेकी थिइन् । नोबेल शान्ति पुरस्कार विजेता बंगलादेशका मोहम्मद युनुसलाई विशेष ओलम्पिक पुरस्कारबाट समान्न गरिएको थियो ।

स्टेडियम बाहिर विरोध प्रदर्शन
टोकियो ओलम्पिक कोरोना कहरमा गरिएको भन्दै यसको जापानभित्रै तीव्र विरोध भइरहेको छ । शुक्रबार पनि ओपनिङ सेरमोनिको मुख्य स्टेडियम बाहिर प्रदर्शन गर्न मानिसहरु जम्मा भएका थिए । उनीहरुले ओलम्पिकको विरोध गरे । विश्वमा स्वास्थ्य संकट सँग जुध्नु पर्नै बेलामा ओलम्पिक आयोजना आर्थिक भार र जापानी जनतामाथि अनावश्यक संकट पैदा गर्न सक्ने खतराका रुपमा उनीहरले सुरुवातबाटै विरोध गर्दै आएका छन् ।

१८२४ ड्रोनले बनाए आकाशमा धर्ति
ओपनिङका दौरान ड्रोन शोको आयोजना गरिएको थियो । जहाँ १८२४ ड्रोनको मद्दतमा आकाशमा पृथ्वीको आकृति बनाइएको थियो । त्यस्तै टोकियो ओलम्पिकको सुरुवातमा खालि स्टेडियममा कोरोनाबाट विश्वभर ज्यान गुमाएकाहरुलाई श्रदाञ्जली दिएको थियो ।

विजेताले आफै मेडल लाउनु पर्ने
ओलम्पिकमा सहभागि हुने खेलाडीहरुको सपना भनेकै पदक जित्ने हो । जित हासिल गर्ने खेलाडीलाई पोडियममा राष्ट्रिय गानसहित मेडल पहिराउने चलन थियो। जुन खेलाडी जिवनकै सर्वाधिक सम्झनलायक पल पनि हो । तर कोरोना महामारीका कारण टोकियो ओलम्पिकमा यसपटक भने खेलाडी आफैले गलामा मेडल लाउनु पर्नेछ । साथै खेलाडीले हात तथा गला मिलाउन पनि निषेध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *