टोकियो ओलम्पिक: कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडाैँ । ओलम्पिकमा सहभागिताका लागि टोकियो पुगेकी नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १० मिटर एयर राइफल इभेन्टमा शनिबार भएको खेलमा कल्पनाले छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन् ।

यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६ सय १४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । कल्पनाले ६ सय १६.८ स्कोर गरेपनि अन्तिम चरणमा भने स्थान बनाउन असफल भइन् ।

छनोटबाट शीर्ष ८ खेलाडीले मात्र फाइनल खेल्नेछन् । उनी ५० खेलाडीमा ४६ औ स्थानमा रहिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *