‘स्पष्टीकरण सोधेर गल्ती गरेँ भन्दा मर्यादा घट्थ्यो ?’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली कहिल्यै नसुध्रिएको भन्दै दिक्दारी प्रकट गरेका छन् । शुक्रबार (आज) पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । बिनागल्ती आफूलगायतका नेताहरुलाई स्पष्टीकरण सोधेको र आफूहरुले अनुरोध नगरीकनै आममाफीको घोषणा गरेको उल्लेख गर्दै नेता नेपालले भनेका छन्— ‘मैले स्पष्टीकरण सोध्न हतार गरेँ, गल्ती गरेँ भनेको भए के हाइट घट्थ्यो ? मर्यादा घट्थ्यो ?’

अध्यक्ष ओली ‘डोरी जल्यो, गाँठो जस्ताको त्यस्तै’ भन्ने उखान पर्याय भएको नेता नेपालको भनाइ थियो । ‘एकता प्रक्रिया नभाँडियोस् भनेर मिठो–मिठो स्वरले मात्रै बोलिरहेँ,’ नेपालले भने— ‘साथीहरुले पनि मलाई कमरेड केही बोली नफुत्काउनुस् भनेर भन्नुभयो । आज सुध्रिन्छ कि भन्यो, भोलि सुध्रिन्छ कि भन्यो । तर, कहिल्यै नसुध्रिने ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *