क्यानले आयोजना गर्ने सम्पूर्ण खेल याक्सन स्पोर्ट्सले प्रशारण गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यान र डिस मिडिया नेटवर्क लिमिटेडबीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रसारण गर्ने सम्झौता भएको छ ।

डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताअन्तर्गत नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको पीएम कप तथा मेयरर्स कपका महिला/पुरुष गरी ४ प्रतियोगिता डिसहोमको याक्सन स्पोर्ट्स च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको क्यानले जनाएको छ ।

आगामी दिनमा क्यानले आयोजना गर्ने सम्पूर्ण प्रतियोगिताहरू डिसहोमको याक्सन स्पोर्ट्समा प्रत्यक्ष प्रशारण हुने जनाएको छ ।

क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले यो सम्झौतापछि क्रिकेटप्रेमी नेपाली दर्शकहरूले सजिलै नेपाली क्रिकेट प्रत्यक्ष हेर्न सक्ने र यसले क्रिकेटको लोकप्रियतालाई थप उचाइँमा पुर्‍याउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *