देउवालाई प्रतिवेदन बुझाउँदै क्रियाशील सदस्यता छानबिन समिति

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ । क्रियाशील छानबिनको काम सकेर समितिले आइतबार पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार रमेश लेखक नेतृत्वको समितिले छानबिनको काम सकेर शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक प्रारम्भिक प्रतिवेदन पेश गरेको छ । सभापति देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकमा लेखक नेतृत्वको समितिले प्रारम्भिक प्रतिवेदन पेश गरेको थियो । ‘क्रियाशील छानबिन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । १० गतेसम्म हामी बुझाउन सक्दछौँ भनेर भन्नुभयो,’ प्रवक्ता शर्माले भनेका छन् ।

कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ बाट काठमाडौंमा हुने तय भएको छ । तर, अहिलेसम्म क्रियाशील सदस्यताको टुङ्गो लाग्न सकेको छैन । क्रियाशील सदस्यताको विवाद उत्कर्षमा पुग्दा जिल्ला जिल्लाबाट आएर नेता/कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसिरहेका छन् । आजको बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले महाधिवेशनबारे आफ्नो राय पेश गरेका थिए । कांग्रेस पदाधिकारी बैठक भोलि ९ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =