बेलायतका स्वास्थ्यकर्मीहरुको तलब वृद्धि

लन्डन । बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा वृद्धि गरिएको बेलायती सरकारले घोषणा गरेको छ । पछाडिको मिति राखेर गत अप्रिलदेखि नै लागू हुनेगरी स्वास्थ्यकर्मीहरूको सेवा सुविधामा वृद्धि गरेको त्यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

राज्यको स्वतन्त्र निकाय राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले स्वास्थ्यकर्मीहरुको तलबमा तीन प्रतिशत वृद्धि गर्न सिफारिस गरेपछि सरकारले सोहीअनुसार वृद्धि गरिदिएको हो ।

‘स्वास्थ्यकर्मीहरुमा भित्र नर्स, पारामेडिसिन, कन्सल्टेन्ट, डेन्टीस्टलगायत पर्नेछन्, उनीहरुले पनि तलब वृद्धिको सुविधा पाउने भएका छन,’ सरकारी निकायद्वारा जारी वक्तव्यमा लेखिएको छ । बेलायतमा स्वास्थ्य क्षेत्रको सेवा, सुविधा, गुणस्तर, मापदण्ड आदि निर्धारण गर्न स्वतन्त्र निकायको रुपमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)को व्यवस्था गरिएको छ ।

कोरोना महामारीविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गरेकाले उनीहरूको सेवा सुविधा वृद्धि आवश्यक भएको एनएचएसले निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *