जज परिवर्तन गरेर नेपाल आइडल पुनः सुरु हुने

काठमाडौँ । गायन रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजन फेरि सुरु हुने भएको छ । शो’का निर्देशक सुरेश पौडेलले शोको नयाँ सिजन छिट्टै सुरु हुने बताएका हुन् ।

फ़्रेन्चाइजका लागि ३ वर्षको अनुमति सकिएपछि शोको विषयमा अन्यौलता छाएको थियो । अहिले मौखिक सहमति भएको र लिखित सम्झौता पश्चात् शो सुरु गर्ने टिमको तयारी छ । यसको लागि निर्देशक पौडेल आशावादी रहेका छन् ।

अबको सिजनमा जज (निर्णायक) भने परिवर्तन हुने छन् । पहिलेका जजहरू अन्य काममा व्यस्त रहेको कारण जज परिवर्तन गर्न लागिएको हो । साङ्गीतिक क्षेत्रका अन्य ख्यातिप्राप्त सङ्गीतकर्मीलाई जज राख्ने टिमको तयारी छ ।

यसअघिका सिजनमा न्ह्यु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी जजको रूपमा रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *