एनटर्क सुपर स्क्वाड पबजी मोबाइल च्याम्पियनसिप २०२१ सम्पन्न

काठमाडौं । जीजीसीओद्वारा टीभीएस एनटर्क्स सुपर स्क्वाड एडिसनको सहकार्यमा आयोजित एनटर्क सुपर स्क्वाड पबजी मोबाइल च्याम्पियनसिप २०२१ मा देशभरिका ६६० भन्दा बढी टोलीले प्रतिस्पर्धा गरेका छन् । २० दिनको अवधिमा दर्ता गरिएका टोलीहरूले टीभीएस एनटर्क स्कूटरको पुरस्कारका लागि प्रतिस्पर्धा गरेका हुन् ।

यो टूर्नामेन्ट जगदम्बा मोटर्स–टीभीएसले नेपाली गेमिङ समुदायलाई सहयोग पुर्‍याउनका लागि आरम्भ गरेको हो । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने‚ ‘यो प्रतियोगिता कर्पोरेट कम्पनीले नेपालको ईस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्नको लागि उठाएको ठूलो कदम हो र उनीहरूलाई कर्पोरेट जगतमा प्रतिभा प्रदर्शन गर्न यसले ठूलो सहयोग पुर्‍याएको छ ।’

 

यस प्रतियोगिता जून १, २०२१ देखि जुलाई १६, २०२१ सम्म भएको थियो । प्रतियोगिताको फाइनलमा ४८ टिमहरू (प्रत्येक समूहमा १६ जना) सामेल गरिएका थिए ।

प्रतियोगिताका तीन जना बिजेताले टीभीएस एनटर्क्स सुपर स्क्वाड मार्वल थिम्स एडिसन स्कूटरको तीन सिरिजहरू जित्न सफल भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *