१३ वर्षीय फ्लोजन : बोर्डिङमा पढ्छन्, ग्यारेजमा काम गर्छन्

विराटनगर । ईटहरी उपमहानगरपालिका- ९ विराटनगर रोडको गैसार जाने चोकमा एक बालक मोटरसाइकल बनाउँदै थिए । मंगलबार दिउँसो करिब २ बजेको उनी काममा व्यस्त थिए । उनलाई पसलमा सघाउने कोही थिएन । उनी आफूले सकेको बल लागाउथे र मोटरसाइकल, अटो तथा सिटी सफारीका टायर खोल्थे ।

कुनै कार, बस तथा ट्रक आइहाले पनि उनी नाइँ भन्दैन थिए । आफ्नो बुताले भ्याएको काम गर्दै थिए । त्यहीबेला एउटा मोटरसाइकल लिएर एक व्यक्ति त्यहाँ पुगे । ती व्यक्तिको मोटरसाइकल पम्चर भएको थियो । उनले मोटरसाइकल त्यहाँ रोके र त्यहाँ काम गरिरहेका तिनै बालकलाई सोधे यहाँका साहु खै ? उनले सहजै जवाफ दिए, ‘दाइ तपाईंको मोटरसाइकल के भएको हो ? म बनाइहाल्छु नि !’

No description available.

सिटी सफारीको टायर बनाउँदै गरेका उनी त्यो काम छाडेर हतार-हतार आएर मोटरसाइकल खोल्न थाले । उनले जसोतसो बल गरेर मोटरसाइकलको टायर निकाले र पम्चर भएको पत्ता लगाए । त्यसपछि उनी सिटी सफारी र मोटरसाइकलको काम सँगै गर्न थाले ।

मोटरसाइकलको ट्युब निकालेर राखे र पहिला ल्याएको सिटी सफारीको काम गर्न थाले । त्यसो गर्नुको कारण भनेको आफ्नोमा आएको ग्राहक अरुकोमा नजाओस् भन्ने नै देखिन्थ्यो ।

ईटहरी नै घर बताउने फ्लोजन मोहम्मद उमेरले जम्मा १३ वर्षका भए । न्यू ए सान टायर सर्भिसमा काम गर्दै गरेका फ्लोजनले पसल आफ्नै भएको बताए । विद्यालय बन्द भएकाले अनलाइन कक्षा लिने र फुर्सद हुने बित्तिकै काममा आउने गरेको फ्लोजन बताउँछन् । कोरोनाको महामारीका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा धेरै बालबालिकालाई दिन कटाउन गाह्रो भइरहेका बेला फ्लोजन भने हरेक दिन नै व्यस्त हुन्छन् ।

No description available.

मंगलबार पनि उनका बुबा कामको सिलसिलामा पकली गएका कारण उनी भाइसँगै पसलमा काम गर्न भ्याइनभ्याई देखिन्थे । भाइ सानै भएकाले कुनै कुनै काम गर्न सक्दैनन् तर‚ कुनै अप्ठेरो परेको बेला समाउन सहयोगीको काम गर्दै थिए । फ्लोजनलाई अह्राइ-सिकाइ गर्ने काम भने चिया खाँदै बस्दै गरेका नहदी हसनले गरेका थिए । तर फ्लोजनलाई कुनै काम यसरी गर भनेर सिकाउनु नपर्ने नहदी बताउँछन् । ‘हाम्रा केटाहरुले सानैदेखि यही काम गर्दै आए,’ नहदी भन्छन्, ‘कामै यही हो‚ नगरेर भयो त ?’

No description available.

कहिलेकाहीँ उनी टायर उचाल्न सक्दैनन् र उनलाई काम गर्न निक्कै अप्ठेरो पर्ने गरेको उनको अनुभवले भन्छ । मंगलबार दिउँसो पनि काम गर्दागर्दै थाकेका फ्लोजनले मोटरसाइकलको टायर हाल्नै सकेनन् । केहीबेर त भाइलाई बोलाएर सघाइ मागे । त्यसबाट पनि पार नचलेपछि उनले नजिकैको जिरेलाई बोलाए । जिरे नजिकै रहेको अर्को मोटरसाइकलको मर्मत गर्ने पसलमा काम गर्ने मजदुर हुन् । फ्लोजन आफूलाई अप्ठेरो पर्दा नजिकै रहेका केटाहरुलाई बेलाउने गरेको सुनाउँछन् ।

 

जिरे आएर मोटरसाइकलको टायर उचालेर हाल्नसम्म सघाएर फर्किए । तत्काल फ्लोजनले प्रतिक्रिया दिँदै भने, ‘दाइ ! यसलाई काम गर्नै आउँदैन के ।’ सबैसँग सरल रुपमा बोलिहाल्ने स्वभावका फ्लोजन बेलाबेला त्यहाँ आएका ग्राहकलाई सुझाव पनि दिइहाल्थे ।

No description available.

ईटहरीकै गोदावरी बोर्डिङ स्कुलको कक्षा ६ मा पढ्ने फ्लोजनलाई टायरसम्बन्धी सबै काम गर्न आउँछ । विद्यालयको अनलाइन कक्षामा सहभागी हुने, बिहानभरी पढ्ने र दिउँसो काममा बुबालाई सघाउन आउने गरेको फ्लोजनको भनाइ छ । ‘बुबा हुँदा बुबालाई सघाउँछु,’ उनले भने, ‘बुबा नहुँदा पसल बन्द हुन दिन्नँ । आफैँले काम गर्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *