स्वास्थ्य सचिवमा डा पोखरेल नियुक्त

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिवमा डा रोशन पोखरेल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सोमबार बिहान स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम स्वास्थ्य सचिवका लागि सिफारिस गरिएको थियो ।

यसका साथै बैठकले ओली सरकारले विभिन्न देशका लागि गरेको राजदूत नियुक्तिलाई समेत खारेज गरेको छ ।

यो पनि
अघिल्लो सरकारले गरेका राजदूत नियुक्ति खारेज गर्ने सरकारको निर्णय
सरकारद्वारा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =